Latest Updates :

प्रदेशमा काम गर्ने हरुको लागि खुसीको खबर:

SHARE THIS POST :

म स्वीकृति लिएर विदेश गएका कामदारको परिवारका सदस्यलाई गम्भीर रोग लागे उपचारमा सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।
क्यान्सर,मिर्गौला प्रत्यारोपण,मुटुको शल्यक्रिया,पार्किन्सन र अल्माइजर रोग लागेमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बढीमा ५० हजारसम्म आर्थिक सहयोग गर्ने निर्णय गरको हो ।बेर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले पहिलो चरणमा पाँच रोगका लागि मात्रै यस्तो सुविधा तय गरिए पनि पछि यसलाई विस्तार गर्दै जाने तयारी गरिएको जानकारी गरेको हो ।
क्यान्सर,मिर्गौला,मुटुलगायत रोग लाग्दा राज्यले दिने भनि यसअघिनै घोषणा गरेका सुविधा लिएकाहरुले समेत छुट्टै यो रकम सहयोग स्वरुप पाउनेछन् । बोर्डबाट सुविधा लिएकै कारणले त्यस्ता बिरामीले राजयबाट पाउने अन्य सुविधाबाट बञ्चित हुनुपर्ने छैन ।
कामदार आफैले पालनपोषण गर्नुपर्ने पतिपत्नी,छोराछोरी,आमाबुबा र महिला कामदारको हकमा निजको सासु,ससुराले समेत यस्तो सुविधा पाउनेछन् ।
बेर्डले वैदेशिक रोजगार ऐन,२०६४ र वैदेशिक रोजगार नियमावलीको नियम २६ को उपनिय १ को खण्ड ख अनुसार स्वास्थ्य उपचारमा सहयोग गर्न र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्य सञ्चालन निर्देशका,२०६८ को प्रकरण ९ को ३ को वयवस्था कार्यन्वयनका लागि बोर्डले कामदारको परिवारको स्वास्थ्य उपचार सम्बन्धी मापदण्ड,२०७३’ पारित गरेको छ ।
वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधि कायम रहेको अवस्थामा निजका परिवारका सदस्यलाई यस्ता रोग लागेमा बोर्डले सो रकम उपलब्ध गराउने मापदण्डमा उल्लेख छ । यसअघि २५ हजारसम्म परिवारका सदस्यलाई उपचार खर्च उपलब्ध रहे पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन । बोर्डका कार्यकारी निदेर्शक काफ्लेले यसपटक यो मापदण्ड पूर्णरुपमा कार्यान्वयन गरिने प्रतिबद्धता बताए ।
कामदारहरुलाई राज्यको तर्फबाट दिइने सेवा ,सुविधामा बढाउँदै जाने नीति बमोजिम यो सुविधा प्रदान गर्न लगिएको उनले बताए ।
रोगको अवस्थाका आधारमा सामान्य,मध्यम र गम्भिर गरी तीन तहमा विभाजन गरिएको छ ।
शल्यक्रिया गर्नुपर्ने नपर्ने अवस्थामा बढीमा १५ हजार,सामान्य शलयक्रिया गर्नुपर्ने भए ३० हजार र शलयक्रिया गरी नियमित औषधी सेवन गर्नुपर्ने अवस्थामा ५० हजार उपलब्ध गराइने मापदण्डमा उल्लेख छ । यस मापदण्ड बमोजिम उपचार खर्च पाउन बोर्डको सचिवालयमा सम्बन्धि व्यत्तिले निवेदन दर्ता गराउनुपर्नेछ ।
निवेदन दिँदा कामदारको श्रम स्वीकृतिको निस्साको प्रतिलिपि,कामदारको राहदानीको प्रतिलिपि,बिरामी व्यक्तिको नागरिकता प्रमाणपत्र प्रतिलिपि,कामदार र बिरामी बिचको नाता प्रमाणित प्रतिलिपि,बिरामीलाई आर्थिक समस्या परेको प्रमाणित प्रतिलिपि,बिरामीको रोग स्पष्ट रुपमा खुल्नेगरि सरकारी अस्पताल वा मान्यताप्राप्त चिकित्सकको प्रेस्क्रिपसन
वा सिफारिसपत्र पेस गर्नुपर्नेछ ।
कामदारको करार अवधि सकिएको अवस्थामा भने निजको परिवारले उपचार खर्च पाउनेछैन ।
किरण भट्टराई/रासस /राजधानी अन्तर्राष्ट्रिय साप्ताहिक मा प्रकाशित QN Radio
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Khabar Chautari - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger