लुक्लामा दुर्घटना भएको गोमा (समीट) एयरका पाइलट पारसकुमार राईको निधन भएको छ ।
राईको उपचारकोक्रममा लुक्ला अस्पतालमा निधन भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । समीट एयरको कार्गो विमान तेन्जिङ हिलारी विमानस्थलमा अवतरणकोक्रममा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते एयर होस्टेस प्रज्ञा मानन्धरलाई एयर डाइनेस्टीको हेलिकप्टरबाट काठमाडौं ल्याउने प्रयास गरे पनि मौसमले सम्भव भएको छैन । लुक्लामा बिहानैदेखि बिग्रिएको मौसम अझै उस्तै छ ।
दुर्घटनामा कोपाइलट सृजन मानन्धर पनि घाइते भएका छन् ।
Post a Comment