युवतीका माइती पक्षले परिवारले नै हत्या गरेको आरोप लगाएका छन्। दाइजोका कारण आफ्नी छोरीको हत्या गरेको माइती पक्षको अरोप छ। प्रियंकाको हत्यागरेरै घटना लुकाउन पङ्खामा झुण्डिएको आरोप परिवारको छ।
प्रियंका नाम गरेकी २७ वर्षीया ती युवतीले डेढ वर्ष पहिले साहिबाबादका रुपेश शाहीसँग विवाह गरेकी थिइन्। विवाह पहिले ती युवकले प्रियंकालाई कल सेन्टरको म्यानजर भएको बताएका थिए। तर पछि थाहाँ भयो की उनी कल सेन्टरका एक सामान्य कर्मचारी मात्रै रहेछन्।
विवाहमा प्रियंकाका परिवारले गाडी लगायतको प्रसस्त दाइजो दिएका थिए। तर पनि विवाहको केही समय नवित्दै केटा पक्षले अरु पनि दाइजोको माग गर्दै आएका थिए। प्रियंकालाई लागेको थियो की केही समयपछि सबै राम्रो होला तर त्यसो भएन्, उनलाई दिनदिनै दाइजोको नाममा यातना दिन थालिएको थियो।
शनिबार युवतीका परिवारजनले माइतीमा फोन गरेर प्रियंकाले आत्महत्या गरेको जानकारी दिए। त्यसपछि युवतीका परिवारमा ठूलो पीडा पर्यो। युवतीको माइती पक्षले दिएको बयान अनुसार हत्याको आरोपमा उनको पति र सासुलाई प्रहरीले पक्राउ गरेको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Post a Comment