Latest Updates :

म काठमाडौंको मात्रै होइन सिंगो देशको विकास गर्न सक्छु : रेखा थापा.

SHARE THIS POST :
काठमाडौँ ।

तपाईंलाई सबैभन्दा मनपर्ने सहर कुन हो?

धेरै मुलुक घुमिसके तर मलाई नेपालकै सहर मन पर्छन्। बनाउन सक्दा काठमाडौं असाध्यै राम्रो र सुन्दर हुन्छ। नेपालमा काठमाडौं, धरान र पोखरा मलाई एकदमै मनपर्ने सहर हुन्। यहाँ पाइने प्राकृतिक सौन्दर्य र वातावरणीय अनुकूलता विश्वका अरु कुनै पनि देशमा पाइँदैन। सबै नेपाली सरहका
काठमाडौं कसरी राम्रो बन्ला?

काठमाडौं कुरूप हुनुको मुख्य कारण अग्ला र अव्यवस्थित भवन निर्माण हो। सरकारले यसलाई प्राथमिकतामा राखेर व्यवस्थित गर्न जरुरी छ। नयाँ योजना ल्याइए पनि तिनले पूर्णता पाएका छैनन्। उपत्यका प्राकृतिकरूपमा पनि रमणीय छ। हरिया डाँडाकाँडाले उपत्यकावासीलाई शितल प्रदान गरिरहेका छन्। कागजी योजनालाई व्यवहारमा उतार्ने हो भने उपत्यकाका सहर विश्वकै नमुना बन्न सक्छन्। सरसफाइ, बाटोघाटो, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धँुवाधुलो रोकथाममा ध्यान दिए काठमाडौं अरु मुलुकका सहरभन्दा राम्रो बन्छ।

उपत्यकाको सबैभन्दा मनपर्ने र मन नपर्ने कुरा के हो?

मलाई उपत्यकाका मठमन्दिर एकदमै मन पर्छ। यहाँ हाम्रो मौलिक पहिचान बोकेका अमूल्य सम्पदा छन्। हाम्रो मुलुकका ढुङ्गाले पनि ठूलो विशेषता बोकेका छन्। नेपाल सानो र सुन्दर छ। मात्र यहाँको सरकार कमजोर भएको हो। सबै मिलेर सहरको विकास गर्न सकिन्छ। जनतालाई सिकाउने, चेतनशील बनाउने नीति ल्याएर विकास निर्माणका काम अघि बढाउँदा नेपाल नमुना बन्छ। धुलोधुँवा, प्रदूषण र ट्राफिक जाम यहाँको सबैभन्दा मन नपर्ने पक्ष होे।


काठमाडौं महानगरपालिकाको प्रमुख बन्न पाए के गर्नुहुन्थ्यो?

म काठमाडौंको मात्रै होइन सिंगो देशको विकास गर्न सक्छु। यहाँका सबैखाले समस्या समाधान गरी नागरिकलाई खुसी पार्न सक्छु। नागरिकलाई अनुशासित बनाउने, जनचेतना फैलाउनेलगायत काम उच्च प्राथमिकता दिनेछु। नागरिकबाट
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Khabar Chautari - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger