हार्दिक श्रद्धान्जलि😢.. चौपट्टाको जंगलमा विहान फेला परेको शवको पहिचान
(हार्दिक श्रद्धान्जलि😢.. चौपट्टाको जंगलमा विहान फेला परेको शवको पहिचान भएको छ । मृतक तुलसीपुरका प्रतिष्ठित व्यापारी रत्नबहादुर वली रहेको दाङका प्रहरी प्रमुख एवं एसपी धिरज प्रताप सिंहले जानकारी दिए । घर जग्गाको कारोवार लगायत विभिन्न व्यवसायमा सम्लग्न तुलसीपुर उप–महानगरपालिका वडा नं. ५ न्यूरोड निवासी ३८ बर्षीय रत्नबहादुर वलीको शव झन्डै एक महिना पछि घोराही उप–महानगरपालिका वडा नं. ३ स्थित चौपट्टाको जंगलमा मंगलवार सडेको अवस्थामा फेला परेको एसपी सिंहले जानकारी दिए । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । आशंका लागि प्रहरीले रत्नवहादुर वलीकी धर्मपत्नि कौशिला वलीलाई घटना स्थलमा लगेको थियो । घटनास्थलमा फेला परेका पर्स, रुमाल , चप्पल र नङको आधारमा कौशिला वलीलेले उक्त शव आफ्ना श्रीमान रत्नबहादुर वलीको नै भएको पुष्टि गरेको एसपी धिरज प्रताप सिंहले जानकारी दिए । शव अहिले पोष्ट मार्टमका लागि राप्ती उप–क्षेत्रीय अस्पताल घोराहीमा राखिएको छ । उनको कसैले हत्या गरेको हो कि हैन ? भन्ने कुरा पोष्ट मार्टमको रिपोट पछि मात्रै एकीनका साथ भन्न सकिने प्रहरीले बताएको छ
Post a Comment