Latest Updates :

आयो फेरी शक्तिशाली भूकम्प

SHARE THIS POST :
वासिङटन,साउन ३ | रुसमा सोमबार साँझ शक्तिशाली भूकम्प गएको समाचार छ । रुसमा करिब ७.७ रिक्टर स्केलको भूकम्प मापन गरिएको समाचारमा जनाइएको छ ।

रुसको पूर्वी तटीय क्षेत्रमा केन्द्रबिन्दु बनाएर आएको सो भूकम्प निकै शक्तिशाली भएको बताइएको छ । यद्यपि यसबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ ।यसका कारण सुनामीको खतरा रहेको सूचना सुरुमा जारी गरिएपनि पछि भने त्यसलाई हटाइएको छ । सुरुमा सुनामीको त्रास रहेको भएपनि त्यसको केही घन्टापछि भने त्यो सूचना हटाइएको छ ।

प्यासिफिक सुनामी वार्निङ सेन्टरले सो भूकम्पका कारण हुनसक्ने सुनामीको खतरा नरहेको भनी पछिल्लो सूचना जारी गरेको थियो ।केही तटीय क्षेत्रमा समुद्रको पानी बाहिर आउनसक्ने देखिए पनि पछि भने त्यो खतरा नरहेको सो केन्द्रले जानकारी दिएको रुसी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

सुनामी सम्बन्धी प्रकोप नियन्त्रण केन्द्रका अधिकारीहरुले सो सुनामीको प्रारम्भिक मापनमा समुद्रको कतिपय तटीय क्षेत्रमा ०.३ मीटरसम्म पानी माथि आउन सक्ने देखिएको बताइएको थियो ।अमेरिकी भौगर्भिक सर्वेक्षण केन्द्रले उक्त भूकम्पको गहिराई ११.७ किलोमीटर मात्र रहेको बताएका थिए । भूकम्पको उद्वारकार्य भइरहेको जानकारी दिइएको छ । रासस
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Khabar Chautari - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger