Latest Updates :

भारतीय र चीनियाँ सैनिकबीच सिमानामा कुटाकुट (भिडियो सहित)

SHARE THIS POST :
चिनियाँ जनमुक्ति सेनाको टोली र भारतीय सेनाको टोलीबीच सिक्किमको सिमाक्षेत्रमा कुटाकुट भएको छ । सिक्किम क्षेत्रमा भारततर्फ पसेका चिनियाँ सेनाले भारतीय सैनिकलार्इ कुटपिट गर्दै २ वटा बंकर पनि भत्काइदिएका छन् ।समाचार स्रोतलार्इ उधृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार सिक्किमको डोका ला क्षेत्रमा दुवै देशमा सेना पछिल्लो १० दिनदेखि आमने-सामने रहेका छन् । चिनियाँ सैनिकले कैलाश मानसरोवरतर्फ बढिरहेका भारतीय तीर्थयात्रीको एउटा समूहलार्इ पनि रोकिदिएका छन् ।भिडियो हेर्नुहोस्चिनियाँ सैनिकलार्इ भारतीय भूमिमा छिर्न नदिन भारतीय सैनिकले कडा संघर्ष गर्नुपरेको बताइएको छ ।

पिएलएलार्इ रोक्नका लागि भारतीय सैनिकको समूले लाइन अफ ऐक्चुअल कन्ट्रोल (एलएसी) मा मानव पर्खाल बनाएर उभिएका थिए । केही सैनिकले त्यो बेलाको भिडियो समेत खिचेका छन् ।चिनियाँ सैनिकले डोका लाको लालटेन इलाकामा भारतीय सैनिकका दुर्इवटा बंकर पनिभत्काइदिएका छन्। २० जुनमा दुवै पक्षका उच्च अधिकारीबीच वार्ता पनि भएको थियो तर तनाव बढिरहेको छ । भारतीय पक्षले चिनियाँ सेनाले पटक पटक सीमाको उल्लंघन गरेको जिकिर गरेको छ । भुटान र तिब्बतको क्षेत्रको इलामा चिनियाँ सैनिकले नोभेम्बर २००८ मा भारततर्फ पसेर भारतीय सेनाको बंकर भत्काइदिएका थिए ।

भारतले चीनसँग लामो समयदेखि सिमानाबारे विवाद गरिरहेको छ । भारतीय सिमा सुरक्षा बल नेपालमा छिरे जस्तै चिनियाँ सेना पनि भारतीय भूमिमा छिर्ने गरेको छ।भारत र चीनबीच चार हजार किलोमिटर भन्दा धेरै रहेको छ । जसमा तीन क्षेत्र पूर्वी, मध्य र पश्चिमी क्षेत्रमा बाँडिएका छन् । पूर्वी क्षेत्रमा अरुणाचल प्रदेशको भाग पर्दछ । जसको ९० हजार वर्ग किलोमिटर इलाकामा चीनले दाबी गरिरहेको छ । मध्य क्षेत्रमा उत्तराखण्ड, हिमाचल र सिक्किम रहेका छन् ।यी इलाकामा पनि उत्तराखण्डको बाराहुती क्षेत्रमा चीनले दाबी गरिरहेको छ । पश्चिमी क्षेत्रमा लद्दाख र अक्साई चीनको क्षेत्र रहेको छ। चीनले सन् १९६२ को लडाइँमा अक्साई चीनको ३८ हजार वर्ग माइल
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Khabar Chautari - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger