Latest Updates :

सन्की श्रीमतीले गरिन श्रीमानको कोदालोले हानी हत्या

SHARE THIS POST :
 श्रीमानको कोदालोले हानी हत्याम्याग्दीको मालिका गाउँपालिका–२ रुमको धुलावाङमा श्रीमतीद्धारा श्रीमानको हत्या गरेकी छिन् । मंगलवार राती १० बजेतिर ३४ बर्षका शिब जिसीलाई उनको श्रीमती २५ बर्षिया रञ्जना जिसीले कोदालो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घरायसी विवादको क्रममा श्रीमतीले कोदालोले टाउकोमा प्रहार गर्दा उनको घरमै मृत्यु भएको थियो । श्रीमतीले कोदालोले हानेर श्रीमानको हत्या गरेको खवर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलिले घटनास्थलबाट मृतक जिसीको शवलाई परिक्षणको लागि जिल्ला अस्पतालतर्फ ल्याएको प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्काले बताए ।
उनका अनुसार, श्रीमानको हत्या गरेको आरोपमा मृतक जिसीकी श्रीमती रञ्जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Khabar Chautari - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger