पतिलाई छलेर दलाल पच्छ्याउँदा भयो यस्तो हालत
नेपाली युवतीलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर द्वन्द्वग्रस्त मुलुक इराक पुर्याडई जोखिमपूर्ण कामका लागि बेच्ने गिरोह मधेस आन्दोलनसँगै सल्बलाएको पाइएको छ। स्थलमार्गबाट भारतको नयाँदिल्ली पुर्याएर प्रतिबन्धित इराक पुर्याउन हिँडाइएका सात युवतीलाई प्रहरीले सोमबार थानकोट नाकाबाट उद्धार गरेको छ। सिन्धुपाल्चोक र गोरखाका सात युवतीलाई इराक लैजान लागेका दुई दलालसमेत पक्राउ परेका छन्। प्रहरीका अनुसार ती युवतीलाई उग्रवादी इस्लामिक लडाकु आइएसआई प्रभावित इराकी सहर कुर्दिस्तान लगिँदै थियो। मधेसमा आन्दोलन चर्किएयता उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनमा बढाइएको निगरानीका कारण सात चेली बेचिनबाट जोगिएको प्रहरी दाबी छ। ती युवतीलाई मानव बेचबिखनमा सक्रिय दलालको समूहले मासिक ३ सयदेखि ३ सय ५० अमेरिकी डलर कमाइ हुने लोभ देखाउँदै द्वन्द्वग्रस्त मध्यपूर्वी राष्ट्र इराक र सिरियाको उत्तरी क्षेत्र कुर्दिस्तान लैजान झापा जाने बस चढाएका थिए। झापाबाट स्थलमार्ग हुँदै दिल्ली पुर्याीएर हवाइमार्गबाट कुर्दिस्तान लैजाने योजना पक्राउ परेकाबाट खुलेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी विश्वराज पोखरेलले जानकारी दिए। चार दिनअघि महानगरीय प्रहरी प्रभाग, नागढुंगामा तैनाथ प्रहरीले झापाका लागि हिँडेको बस जाँच गर्दा सात युवती फेला परेका थिए। उनीहरूसँग प्रहरीले सोधपुछ गर्दा दिल्ली हिँडेको बताएपछि प्रहरीले बसमा उनीहरूका सहयोगी खोजी गर्दा रहस्य खुलेको थियो।
Post a Comment