.
हालै मात्र यि दुई दिदी बहिनीले आफ्ना ब्वाइफ्रेण्ड बेनका तर्फबाट एकै पटक गर्भवति हुन चाहेको भिडियो इन्स्टग्राममा पोष्ट गरेको अमेरिकी समाचार पत्र द सनको अनलाइन संस्करणले उल्लेख गरेको छ । कतिपयले उनीको इच्छाको अलोचना गरेपनि उनीहरुले यसो हुन सकेमा साह्रै आनन्द मिल्ने उल्लेख गरेका छन् ।
यसअघि उनीहरु विश्वकै सबैभन्दा दुरुस्तै जुम्ल्याहको रुपमा चर्चामा आएका थिए । त्यसमा शरिरको रुपरंग मात्र होइन, चालढाल र बानीव्यहोरा पनि उस्तै रहेको बताइएको थियो ।
.
अष्ट्रेलियाको पर्थमा बसोबास गर्ने यि ३० बर्षका यि दिदी बाहिनीले यसअघि २ लाख ५० हजार पाउण्ड उनीहरुको स्तनलाई अझ दुरुस्त गर्नका लागि प्लाष्टिक सर्जरीमा खर्च गरेकी थिइन् ।
.
अनि पाँच बर्षअघि उनीहरु दुवै जनाको एउटै मात्र ब्वाइफ्रेण्डको रुपमा वेनलाई सार्वजनिक गरेका थिए । त्यसले फेरी एक पटक विश्वलाई चकित बनाएको थियो । पछि उनैसंग दुवैले बिहे गर्ने कुराले चर्चा पायो ।
.
अहिले दुवैले एकै पटक वेनबाट गर्भवति बन्न चाहेको र एकै समयमा बच्चा जन्माउन चाहेको कुराले चर्चा पाएको छ । ‘विज्ञानले के भन्छ थाहा छैन । तर, यदि यसो भइदियो भने यो भन्दा मज्जाको समय अरु हुने छैन’ उनीहरुले भिडियोमा भनेका छन् ।
source:-ekantipur
Post a Comment