Latest Updates :

हेर्नुहोस आजा हेटौंडामा ट्रकले लग्यो एकको ज्यान एक गम्भीर कृपया commant box म rip लेख्नुहोस.

SHARE THIS POST :
हेटौंडा सहर दुर्घटनाको उच्च जोखिममा रहेको क्षेत्र हो । यहाँ दैनिक जसो घातक दुर्घटना हुने गर्दछन् । आज काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ६११७ नम्बरको ट्रक त्रिभुवन राजपथको सीमभन्ज्याङबाट १० किमी तल झिलगाडी भन्ने स्थानमा दुर्घटना भएको छ । आज बिहान ३ बजे सो स्थानमा राजपथबाट ८०० मिटर तल खसी दुर्घटना हुँदा सो ट्रकका चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।उनको अहिले सनाखत भई नसकेको र उनको शव हेटौंडातर्फ ल्याइएको प्रहरी नायब उपरीक्षक दिलीप झाले जानकारी दिए । सोही दुर्घटनामा परी सोही ट्रकका सहचालक मकवानपुरको थाहा नगरपालिका–१ बस्ने २५ वर्षीय अनिल बलामी गम्भीर घाइते भई थप उपचारका लागि पालुङस्थित उपचार केन्द्र ल्याई त्यहाँबाट आजै बिहान काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । सो ट्रकमा अन्य यात्रु नभएको पालुङ इलाका प्रहरीले बताएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Khabar Chautari - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger