Latest Updates :

भारत र चीनबीच युद्द…नेपाल,अमेरिका र जापानले कसको पक्ष लिए ?

SHARE THIS POST :
चीनले जसरी आफूलाई बिस्तार गरिरहेको छ त्यसको सामना गर्न भारतको तयारी के छ ? लोकसभा बैठकमा नेता मुलायम सिंहले भने, चीनले भारतमाथि आक्रमण गर्ने तयारी गरिसकेको छ ।

यदि चीन र भारतका बीच युद्ध भयो भने अमेरिका र जापानले भारतलाई कतिसम्म सहयोग गर्लान् ? यदि अमेरिकाले भारतलाई साथ दियो भने के दुई देशबीच युद्धको संभावित परिणाम मूल रुपमा परिवर्तन होला ? यस्ताखाले प्रश्नमाथि भारतमा मात्रै होइन चीनियाँ मिडियामा पनि माथापच्ची चलिरहेको छ ।

यतिबेला आर्थिक शक्ति राष्ट्र चीनको बिस्तार चौतर्फी चलिरहेको छ । सडक सञ्जाल देखि रेल्वे विस्तारमा चीनले द्रुतगतिमा काम गरिरहेको छ । भारतीय उपमहाद्विपमा चीन ठूलो नौसैनिक शक्तिका रुपमा अगाडि आएको छ । साउथ चाइना मर्निङ पोष्टले लेखेको छ, ‘यसले युरोप र एशियाको भूराजनीतिक अवस्थामा परिवर्तको पूर्ण महशुस दिलाइरहेको छ ।

चीनको ताकतका बारेमा अमेरिकी कदमलाई पनि महशुस गर्न सकिन्छ, राष्ट्रपति ट्रम्प आइसकेपछि पनि अमेरिका एक चीन नीति विरुद्ध उत्रन सकेको छैन ।’ सन् २००८ पछि हिन्द महासागरमा चीनियाँ नौसैनिकको प्रभाव लगातार बढ्दै गएको छ । चीन र पाकिस्तानको बीचमा रहेको सामरिक सहयोग कसैसँग लुकेको छैन ।

चाइना–पाकिस्तान आर्थिक करिडोरबाट पाकिस्तान आफ्नो अर्थव्यवस्थाका कायापलट गर्न चाहन्छ । यसका साथै चीन भुटानमा भारतको दबदबा अन्त्य गर्न पनि चाहन्छ ।

नेपाल र चीन बीचको बढ्दो सम्बन्ध पनि भारतको चिन्ता बढाएको छ । चीनले आफ्नो प्रभाव बढाउँदै लगेकाले अमेरिका, जापान र भारत नजिकिएको पनि चाइना मर्निङ पोष्टको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा अगाडि भनिएको छ, भारनत तत्काल कमजोर अवस्थामा छ । जापानजस्तो भारत अमेरिकाबाट संरक्षित होइन । भारत सामरिक स्वायत्ततामाथि जोड दिइरहेको छ ।

भारतविरुद्ध चीन कारवाहीमा उत्रियो भने अमेरिकाले तत्काल भारतलाई साथ दिँदैन तर विरोध मात्रै जनाउन सक्छ भन्ने चीनको विश्लेषण छ । भारतीय आर्मीको आधुनीकीकरण एकदमै सुस्त छ ।

सैन्य ताकतको हिसाब गर्ने हो भने भारत भन्दा चीन धेरै गुना अगाडि छ । भारत अमेरिका र चीनको सहयोग लिएर सेनालाई आधुनीकीकरण गराउँदैछ । ग्लोबल टाइम्सले लेखेको छ, भारतले यसपटक चीनको संप्रभुताको गम्भीर उल्लंघन गरेको छ ।

चीनले यस मामिलामा गम्भीरढंगले सोच्ने र तयार रहनु आवश्यक छ । भारत चीनको ध्यान विकासबाट अन्यत्रै भट्काउन चाहन्छ भन्ने पनि आशंका गर्न सकिन्छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Khabar Chautari - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger