Latest Updates :

राम्रो काम र इमान्दार भए यस्तो हुन्छ कतारले गर्‍यो फेरी अर्को नेपाली लाई ठुलो नगद सहित सम्मान शेर गरी सबैलाई जानकारी दिनुहोला

SHARE THIS POST :
कतारस्थित नासर अल अलि इन्टरप्राइजेज कम्पनीले नेपाली कामदारहरूलाई नगद सहित सम्मान गरेको छ।



कम्पनीका प्रमुख नासर अलि अल अलीले कामदारहरू दिताल प्रसाद चौधरी,धिरेन्द्र प्रसाद थारू,रहमुल मन्सुरी मियालाई दश वर्षे सेवा बापत १५ हजार कतारी रियाल, उत्कृष्ट काम बापत शम्सुल इलम लाई ३० हजार रियाल, कमल बहादुर थापा लगायतलाई कदर पत्र सहित सम्मान गरेका छन्।



करिब ९० प्रतिशत ‌‍बन्दा बढी नेपाली कामदार भएको यस कम्पनीले कामदारलाई विगत देखी नै आवश्यक सहयोग समेत प्रदान गर्दै आईरहेको छ। कम्पनी प्रमुख अलीले यसअघि भुकम्पमा क्षति पुगेका नेपाली कामदारहरूको घर निर्माण,विकास तथा सामाजिक क्षेत्रमा सहयोग, पिछडिएका र असहाय बालबालिकाको शिक्षामा योगदान गर्दै आईरहेका छन् ।

यसैगरी ७ वर्षदेखि फैजुल ईस्लाम बेनिघाट सिऊरीनीटार, गोरखा लाई र हालै मात्र सिरहाको मदरसालाई ३० हजार रियाल पनि आर्थिक सहयोग नासर अल अलि इन्टरप्राइजेले गरेको छ ।

१५ बर्ष अगाडि करामा मा (विद्युत तथा खानेपनी मन्त्रालय) ठुलै अहोदामा कार्यरत नासर अल अलि इन्टरप्राइजेजका अध्यक्ष अल अलीले धेरै नेपालीलाई कम्पनी खोल्न प्रायोजन समेत गर्दै आउनु भएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Khabar Chautari - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger