Latest Updates :

दुखद खबर : सवारी दुर्घटनामा परेर कतारमा एक नेपालीको निधन

SHARE THIS POST :
श्रावण १९, २०७४- सवारी दुर्घटनामा परेर कतारमा एक नेपालीको निधन भएको छ । लमजुङको दोर्दी गाउँपालिका ९, हिलेटक्सार लाँकुरीबोट (साविक हिलेटक्सार ३) का ४० वर्षीय लिलाजंग गुरुङको निधन भएको हो ।

विगत ६ वर्षदेखि कतारको अल्फुतोह ट्रान्सपोर्ट कम्पनीमा चालकको रुपमा कार्यरत गुरुङको जुलाई ३० तारिख (साउन १६ गते) सोमबारको दिन दिउँसो सवारी दुर्घटनामा परेर निधन भएको लमजुङ सेवा समाज कतारका अध्यक्ष विष्णुलाल श्रेष्ठले जानकारी दिए ।

कामको सिलसिलामा दोहाको साउदी बोर्डरमा रहेको बालुवा प्रशोधन कम्पनीमा बालुवा लिन जाँदै गर्दा बिपरित दिशाबाट आइरहेको उक्त कम्पनीको ट्रकमा ठोक्किन पुग्दा उनको टाउकोमा गम्भीर चोट लागेपछि घटनास्थलमै गुरुङको निधन भएको त्यहाँको प्रहरी र मृतकका आफन्तलाई उद्धृत गर्दै श्रेष्ठले बताए ।

गुरुङको शव दोहाको हमाद हस्पिटलमा राखिएको श्रेष्ठले बताए । उनका अनुसार शव नेपाल पठाउनको लागि एकजना आफन्त जानुपर्ने भएकाले भोटेओडार फुलबारीका डम्बर गुरुङको कतारी आइडी लिएर प्रक्रिया अगाडि बढाएको श्रेष्ठले बताए ।

प्रहरी रिपोर्ट, हस्पिटलको रिपोर्ट साथै राजदुताबास बाट आवस्यक कागजात तयार गरी शवलाई नेपाल पठाउने भैरहेको र कम्पनीबाट पाउनुपर्ने सवै सुविधा बिमा कम्पनी र नेपाली दुताबासको रोहवरमा मृतको परिवारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता कम्पनीले जनाएको उनले बताए ।

मृतक गुरुङको घरमा पत्नि, १ छोरी र १ छोरा छन् । उनीहरु हाल बेंसीसहर बस्दै आएका छन् ।

लमजुङ बेंसीसहरस्थित लिलाजंगका साथी विकास गुरुङका अनुसार उनी एक महिनापछि लिलजंग छुट्टीमा नेपाल आउने तयारीमा थिए । पतिको निधनपछि पत्नि बेहोस अवस्थामा अस्पतालमा उपचाररत रहेको उनले बताए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Khabar Chautari - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger